भक्तपुरमा एक महिलामाथि तेजाब आक्रमण


  • भक्तपुरमा एक महिलामाथि तेजाब आक्रमण
  • काठमाडौं । भक्तपुरको ठिमीकी एक महिलामाथि आइतबार साँझ तेजाब आक्रमण भएको छ । साँझ साढे ७ बजेको समयमा ६० वर्षीया पूजा गुभाजुमाथि तेजाव आक्रमण भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
    पूजामाथि उनकै श्रीमानले तेजाब आक्रमण गरेको अस्पतालमा उपचाररत पूजाले चिकित्सकलाई बताएका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी शीवकुमार श्रेष्ठले भने पूजामाथि आक्रमण भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको जानकारी दिए । तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाट पारित भए पनि कार्यान्वयनमा नआउँदै फेल भएको छ । सो विधेयक दुई महिनासम्म छलफलका लागि राष्ट्रियसभामा पठाइएको थिएन् ।
    सो विधेयक कार्यान्वयनमा नआएको समयसीमा पुगेका दुई दिन बित्दा नबित्दै तेजाब आक्रमण भएपछि तेजाव पीडितको उपचार अब कसले गर्ने भन्ने प्रश्न उब्जिएको छ । तेजाव आक्रमणविरुद्धका अभियन्ता उज्वलविक्रम थापाले यसअघि सरकारले तेजाव आक्रमण पीडितको निःशुल्क उपचार गर्दै आएकोमा अब कानुनी रुपमा जटिल बनेको बताउँछन् ।दृष्टि न्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *