‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ सार्वजनिक



काठमाडाैँ ।
अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ ।
वसन्त सापकोटाद्वारा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । गीतमा अनमोल, सुहाना र सलोन बस्नेतको अभिनय हेर्न पाइन्छ ।
गीतमा चर्चित कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन रहेको छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरेको फिल्मलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् ।
गीतले रिलिज भएको ५ घण्टामा नै २ लाख २४ हजारभन्दा बढी भ्युज पाइसकेको छ । आगामी बैशाखमा प्रदर्शन हुने चलचित्रले व्यावसायिक रुपमा सफलता प्राप्त गर्नेमा ढुक्क रहेको निर्माण पक्षले बतायो ।