आज रुस र युक्रेनवीच वार्ता हुँदै


  • आज रुस र युक्रेनवीच वार्ता हुँदै
  • काठमाडौं । रुस र युक्रेनबीच सोमबार नयाँ चरणको वार्ता हुने भएको छ । दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले बताएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं वार्ता टोलीका सदस्य मिखाइलो पोडोलियाकले ट्विटर गर्दै रुस र युक्रेनबीच भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने जानकारी गराएका हुन् । ‘भिडियो कन्फेरेन्समार्फत् वार्ता जारी रहने छ’ पोडोलियाकले आइतबारको ट्विटमा लेखेका छन्, ‘मार्च १४ अर्थात् सोमबार वार्तासम्बन्धी सत्र बसेर प्रारम्भिक नतिजाको निष्कर्ष निकालिने छ ।’
    पोडोलियाकको ट्विटले पुनस् वार्ता हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइलाई समेत पुष्टि गरेको छ । यसअघि रुसी समाचार माध्यमले पेस्कोभलाई उदृत गर्दै सोमबार पुनस् वार्ता सुरु हुने जनाएका थिए । रुसी र युक्रेनी सेनाबीच १९ दिनदेखि लडाइँ जारी छ । उक्त लडाइँ अन्त्य गर्ने प्रयास स्वरुप यसअघि भएका वार्तामा प्रगति भएको दुवै पक्षले दाबी गरेका छन् । सोही दाबीबीच पछिल्लो चरणको वार्ता हुन लागेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *