भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा नुवाकोटमा


  • भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा नुवाकोटमा
  • नुवाकोट । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्थानीय तहस्तरका कार्यक्रममा सहभागी हुन नुवाकोट आएका छन् ।
    देउवाले नुवाकोटमा हुने दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दैछन् ।साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । देउवाको साथमा काँग्रेस नेताहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *