कार्यक्रममा भाग लिन खेलकुदमन्त्रीको टोली दुबई प्रस्थान



काठमाडौं ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज एन्टी डोपिङ सम्बन्धी कार्यक्रममा भाग लिन दुबई प्रस्थान गरेका छन् ।
नेपाल एयरलाइन्सको विमानबाट मन्त्री गहतराज हिजो राति ११ः३० बजे दुबई प्रस्थान गरेका हुन् । उनीसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मी समेत दुबई गएका छन् । मार्च १४ देखि १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७ औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री गहतराज नेतृत्वको नेपाली टोली त्यसतर्फ गएको हो ।
विश्व एन्टी डोपिङ संघ (वाडा) को आयोजनामा हुने उक्त कार्यक्रममा एशिया क्षेत्रका खेलकुद मन्त्रीहरु सहभागी रहने बताइएको छ । मन्त्री गहतराज आउँदो चैत्र २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।