प्रहरीलाई हातपात गरेको आरोपमा ६ जना पक्राउ


  • प्रहरीलाई हातपात गरेको आरोपमा ६ जना पक्राउ
  • काठमाडौं । प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पदार्थ सेवन गरेका उनीहरूले गालीगलौज गरेपछि प्रहरीले सम्झाउने क्रममा प्रहरीलाई हातपात गरेपछि पक्राउ गरिएको हो । हातपातबाट घाइते भएका २ जना प्रहरी घाइते भएका छन् । यस्तै सिन्धुली, मरिण गाउँपालिका–६ भुजेल चोकस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेको आरोपमा सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीय बसन्त योन्जनलाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बा५४प ६१६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक बसन्तले प्रहरीलाई अभद्र व्यवहार र हातपात गरेपपछि पक्राउ गरिएको हो । सिन्धुकै चोकस्थित मरिण गाउँपालिका–६ भुजेल चोकस्थित ड्युटीमा खटिएको प्रहरीलाई दुईसय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने महोत्तरी जलेश्वर नगरपालिका–९ फुलहट्ठा बस्ने २८ वर्षीय दिपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । बा.१६ च ७८५१ नम्बरको बोलेरोलाई प्रहरीले जाँच गर्ने क्रममा सिट बेल्ट लगाउन आग्रह गर्दा बोलेरो चालक मण्डलले उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनलाई पक्राउ गरेको हो । दृष्टि न्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *