माधव नेपालसहितका १४ जना सांसदविरुद्ध मुद्दा हेर्न नमिल्नेमा


  • माधव नेपालसहितका १४ जना सांसदविरुद्ध मुद्दा हेर्न नमिल्नेमा
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहितका १४ जना सांसदविरुद्ध दायर गरेको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
    आइतबार उक्त रिटमाथि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
    ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गरेका छन् ।
    प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही नगरिएको र एमालेलाई विभाजन गर्न मुख्य भूमिका निर्वाह गरेको ओलीले जिकिर गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले २५ साउनमा नेपाल, झलनाथ खनालसहितका सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्राचार गरेको थियो । पार्टी संसदीय दलको निर्देशनविपरीत विश्वासको मत दिन अनुपस्थित भएको भन्दै उनीहरूलाई कारबाही गरी पदमुक्त गर्न सचिवालयमा पत्राचार गरेका थिए । तर, सभामुख सापकोटाले पदमुक्त गर्न गरेको पत्राचारलाई बेवास्ता गर्दै नेपाललाई दल दर्ताका लागि अनुकूल राजनीतिक वातावरण बनाइदिएका ओलीको आरोप छ । यस सन्दर्भमा एमालेले प्रतनिधिसभा बैठकसमेत लगातार अवरुद्ध गर्दै आएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *