एमाले र राप्रपाविच सहमति, सुर्य चिन्हवाट चुनाब लड्ने



काठमाडौं ।
नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । बुधबार एमाले केन्द्रीय कार्यलयमा बसेको छलफलपछि उक्त सहमति भएको हो ।
दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हो । सहमतिका क्रममा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए ।
सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा उठ्ने छन् । त्यस्तै राप्रपा नेपालका उम्मेदवार निर्वाचित भएपछि पनि उक्त पार्टीमै आबद्ध रहने सहमति उल्लेख छ ।