अवकाशको मुखमा प्रहरीका उच्च अधिकारीहरु बिदामा


  • अवकाशको मुखमा प्रहरीका उच्च अधिकारीहरु बिदामा
  • काठमाडौं ।  अवकाशको मुखमा नेपाल प्रहरीका केही उच्च अधिकारी बिदामा बसेका छन् । केही भने फौजी परम्पराविपरीत अन्तिम दिनसम्म पनि बिदामा नबस्ने मनस्थितीमा छन् ।
    एआइजी प्रद्युम्न कार्की बिदामा बसेका छन् । तर, उनका ब्याचका अन्य एआइजीहरु हरिबहादुर पाल, निरज शाही र बसन्त कुमार पन्त भने बिदामा बसेका छैनन् । त्यस्तै, डिआइजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु बार्की, गणेश ऐर, पुरुषोत्तम कँडेल लगायत पनि बिदामा बसेका छन् । हालै एआइजी बनेका बसन्त पन्त प्रदेश समन्वयको जिम्मेवारीमा भएपनि उनको खासै काम छैन । एक महिनाका लागि एआइजी भएकाले उनले पनि बिदामा बस्न चाहनेनन् । संगठन प्रमुख समेत बिदामा बस्ने प्रचलन भएपनि शैलेश थापा क्षेत्री बिदामा बस्न पाएका छैनन् । सरकारले नयाँ आइजिपी नियुक्तिको विषयमा समयमा निर्णय लिन नसक्दा यस्तो अन्योलता आएको हो । १९ बैशाखमा महानिरीक्षक क्षेत्री र उनका ब्याचका एआइजी, डिआइजी र एसएसपीले अवकाश पाउँदैछन् । त्यसपछि एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धिरजकुमार सिंह र रबिन्द्र बहादुर धानुकमध्ये एक आइजिपी हुनेछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *