जिम्बाबेसंग खेल्ने नेपाली टोलीको घोषणा



काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाबे विरुद्धको एकदिवसीय र टी–२० शृंखलाका लागि शुक्रवार २३ सदस्यीय टोली घोषणा गरेको छ ।
सुनिल धमला लामो समयपछि टोलीमा फर्केका छन् । त्यस्तै, विनोद भण्डारीले पनि टिममा पुनरागमन गरेका छन् । यू–१९ टोलीका अलराउण्डर बसिर अहमदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । नेपाल र जिम्बाबे ‘ए’ टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेल हुँदैछ । वैशाख १७ गतेदेखि एकदिवसीय शृंखला सरु हुँदैछ । पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो खेल २१ गते हुनेछ ।
यस्तै, टी–२० शृंखलाको पहिलो खेल २३ गते, दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ । जिम्बाबेले नेपाल भ्रमणका लागि बिहीवार टोली घोषणा गरिसकेको छ । जिम्बाबे ‘ए’ टोली अप्रिल २८ मा नेपाल आउँदैछ । दृष्टि न्युज