मुम्बईमाथी चेन्नइको रोमाञ्चक जित


  • मुम्बईमाथी चेन्नइको रोमाञ्चक जित
  • एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्गसले मुम्बई इन्डियन्समाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ । मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य चेन्नईले २० औँ ओभर (अन्तिम बल) मा भेट्टायो । अन्तिम ओभरमा १७ रन चाहिएकोमा चेन्नईका महेन्द्रसिंह धोनीले अन्तिम बलमा चौका प्रहार गर्दै टिमलाई जिताए । उनले १३ बलमा नटआउट २८ रन बनाए । यस्तै, चेन्नईका लागि अम्बाती रायडुले ४०, रोबिन उथापाले ३० र ड्वेन प्रेटरियसले २२ रन जोडे । बलिङतर्फ मुम्बईका ड्यानियल साम्सले चा र जयदेव उनादकटले दुई विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित सात विकेट गुमाएर एक सय ५५ रन बनायो । मुम्बईका लागि तिलक वर्माले ५१ र सूर्यकुमार यादवले ३२ रन बनाए । बलिङतर्फ चेन्नईका मुकेश चौधरीले तीन र ड्वेन ब्राभोले दुई विकेट लिए । यो जितसँगै चेन्नई सात खेलमा चार अंकसहित तालिकाको नवौँ स्थानमा छ भने मुम्बई लगातार सातौँ हारसँगै तालिकाको पुछारमा छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *