स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु


  • स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु
  • काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभा गृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन सुरु भएको हो ।
    आइतबार बिहान १० देखि ५ बजेसम्म र सोमबार बिहान १० देखि ५ बजेसम्म उम्मेदवारलाई मनोनयन दर्ताको समय तोकिएको छ । साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन थालेका छन् । ठूला दलहरुले भने उम्मेदवार टुंग्याउनै बाँकी रहेको छ । काठमाडौं महानगरमा दुई जनाको उम्मेदवारी दर्ता काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गरेका छन् । उनी काठमाडौं महानगरपालिका–१९ का बासिन्दा हुन् ।
    मनोनयन दर्तापछि पत्रकारहरुसँग जोशीले जित्नका लागि भन्दा नराम्रो उम्मेदवारलाई हराउन आफ्नो उम्मेदवारी रहेको बताए । त्यस्तै, स्वतन्त्रबाट राजन कार्कीले मेयरमा मनोनयन दर्ता गराएका छन् । उनी १० वर्षदेखि ट्राभल व्यवसायमा संलग्न छन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेले आज र भोलि आफ्नो उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *