सुनको तोलामा चार समयले घट्यो



काठमाडौं ।
सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु. एक लाख ५०० तोकिएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. एक लाख ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु. ४०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. एक लाख ४०० थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार ३६० कायम रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३१ डलर आसपास कारोबार भइरहेको छ ।