
कक्षा १२ को समय तालिका फेरीयो, बिहान ८ बजेदेखि ११ बजेसम्म हुने



काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा समय तालिका परिवर्तन गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म हुने परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्मका लागि निर्धारण गरिएको थियो । तर परीक्षा बोर्डले समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाएको छ ।
विभिन्न सरोकारवाला निकायसँगको परामर्शपछि परीक्षा समय तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ ।
