माझी समुदायवाट गाउँ पालिका प्रमुख पदको पहिलो उम्मेदवार



  • मकवानपुर । मकवानपुरको बकैया गाउँ पालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट माझी समुदायकी नेतृ लक्ष्मी माझी (कृपा) उमेदवार बनेका छन् । माओवादी जनयुद्धको आधारइलाकाको रूपमा परिचित बकैया गाउँपालिकामा गठबन्धनमा काँग्रेसले सहमति गर्न नमानेपछि माओवादी केन्द्रले सबै पदमा एकल उमेदवारी दिएको हो । पालिकाको उपाध्यक्षमा भक्त खत्रीले उमेदवारी दिएका छन् । खत्री यस अघिको स्थानीय तहको निर्वाचनमा सोहि पालिकामा अध्यक्षको उमेदवार रहेका थिए । माझी समुदायको प्रतिनिधित्व गर्दै पालिका प्रमुखमा उम्मेदवारी दिने लक्ष्मी नेपालकै पहिलो माझी महिला उम्मेदवार हुन् । ‘मैले बुझ्दा पालिकाहरुमा केहि माझी महिलालाई उपप्रमुखमा उठाइएको छ, एकरदुई वडामा प्रमुख पद दिइएको छ, तर गाउँपालिकाको प्रमुख पदमा भने मेरै नाम अगाडि आएकोले सम्भवत् पहिलो माझी महिला प्रमुख उम्मेदवार म नै हो भन्ने बुझ्छु’, लक्षमीले भने ।
    माओवादी जनयुद्धको समयदेखि लगातार माओवादी अभियानमा आवद्व माझी स्पष्ट वक्ता र विद्रोही स्वभावका छन् । महिला अधिकार र आदिवासी जनजातिको पक्षमा दृढतापुर्वक लडिरहने उनले विपन्न तथा सिमान्तकृत सुत्केरी महिलालाई पोषण भत्ता प्रदान गर्ने, महिला प्रजनन स्वास्थ्य उपचारमा सहयोग पुर्याउने, तथा दलित, जनजाति, सिमान्तकृत एवं विपन्न वर्गका लागि प्राविधिक साथै उच्च शिक्षाको लागि निब्र्याजी ऋण अनुदान प्रदान गर्ने आफ्नो मुख्य चुनाबी एजेण्डा रहेको उनले बताए । यसैगरी, भुमिहिन दलित भुमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण, भौतिक आर्थिक विकाससङ्गै मानवीय विकासमा जोड दिने उनले बताए । विपन्न सिमान्तकृत दलित र विपन्न महिला तथा बेरोजगार युवाहरुको लागी स्थानीय श्रोत साधनको पहिचान व्यावसायिक तालिम साथै औद्योगिकिकरण लागि नितिगत रुपमै जोड उनको प्रतिवद्धता रहेको छ । त्यसैगरी गाँउ र शहरबीच सन्तुलित विकास गर्ने, कृषिको आधुनिकीकरण, सहकारी प्रवर्द्धन गरी स्वरोजगार सिर्जना गर्ने, विपन्न कृषकलाई प्रोत्साहन कार्यक्रम ल्याउने, महिला दलित जनजाति लक्षित विशेष बजेट बनाउनुका साथै सांस्कृतिक प्रवर्द्धन तथा संरक्षणमा विशेष भूमिका रहने उनको प्रतिवद्धता रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *