दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको उनीहरुले बताएका छन् । ०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता माओवादीले लडेर ल्याएको बताउँदै त्यसको बचाउका लागि पुरानै घरमा फर्किएको ददिराम अर्यालले बताए । ‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियावादीले उल्टाउन खोजेका छन्’ अर्यालले भने, ‘युद्धको विरासत जोगाउन हामी माओवादीमै फर्किका हौं ।’
पाँच दलिय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार भएको छन् ।
Previous Post: माझी समुदायवाट गाउँ पालिका प्रमुख पदको पहिलो उम्मेदवार
Next Post: परिक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको आग्रह