विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ


  • विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ
  • काठमाडौं । सत्तारुढ दलका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । उनीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ गरेका हुन् । बुधबार निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु क्रान्तिकारीलगायत सत्तारुढ दल आवद्ध विद्यार्थीले मूल्यवृद्धि खारेज गर्नुपुर्ने र निर्देशकको राजीनामा माग गरेका छन् । सरकारले आइतबार रातिदेखि लागू हुनेगरी सातामै दोस्रोपटक आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो । पछिल्लो पटक पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो ।
    पछिल्लो मूल्यबृद्धिसँर्ग एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य एक हजार ८ सय रुपैयाँ तोकिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *