आजबाट बार्षिक नीति तथा कार्यक्रममाथी छलफल


  • आजबाट बार्षिक नीति तथा कार्यक्रममाथी छलफल
  • काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ । बिहीबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *