आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटायो



काठमाडौं ।
अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ ।
यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरेपनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो । तर अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेको जनाएको छ ।
कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने पनि क्यानले स्पष्ट पारेको छ ।