सहसचिव सिंहको सचिव बढुवा सिफारिस अनुमोदन



काठमाडौं ।
निजामती प्रशासनमा रिक्त रहेको सचिव पदमा सहसचिव विनोद प्रकाश सिंहको बढुवा सिफारिस भएको छ । वरिष्ठताका आधारमा उनको सिफारिस भएको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठतम् सहसचिव सिंहको नाम सिफारिस गरेको हो । सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । सिंह हालका मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधु मरासनी तथा परराष्ट्रसचिव भरतराज पौड्यालकै सहपाठी हुन् ।