झापामा ट्याक्टरको ठक्करबाट युवकको मृत्यु
काठमाडाैं ।
झापामा ट्याक्टरको ठक्करबाट २० वर्षीय अख्तर अलीको मृत्यु भएको छ ।
झापा गाउँपालिका–३ कत्लामारीकोमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक अली गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ गइरहेको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको ट्याक्टरले बुधबार ठक्कर दिएको थियो ।
ट्याक्टर चालक फरार छन् । लाइसेन्स नभएकोले चालक फरार रहेको र खोजि भइरहेको प्रहरीले जनाएको छ ।