गोप्य सुचना दिने सशस्त्र प्रहरी हवल्दार जेल चलान


  • गोप्य सुचना दिने सशस्त्र प्रहरी हवल्दार जेल चलान
  • काठमाडौं । संगठनको कामकारबाही, हतियार तथा जनशक्तिसम्बन्धि संवेदनशील ‘लिक’ गरेको आरोपमा सशस्त्र प्रहरी बलका एक हवल्दार जेल चलान भएका छन् । सशस्त्र प्रहरी बल अदालतले सशस्त्र प्रहरी बल, नेपाल नं २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भई हाल सशस्त्र प्रहरी बल, नेपाल नं ४४ गण हेडक्वार्टर दार्चुलामा काज कार्यरत कामु बरिष्ठ हवल्दार नरेश सिंह साहुलाई थुनामा पठाइएको हो।   संगठनको गोप्य र संवेदनशील सूचना भाइबर लगायत सामाजिक संजाल मार्फत संचारमाध्यमलाइ उपलब्ध गराउने तथा संगठनका विरुद्ध वेनामी उजुरी समेत हालेको छानबिनमा खुलेको थियो । हेर्दा सामान्य लाग्ने तर गोप्य रहनुपर्ने जनशक्ति लगायतको विवरण शाहले पत्रकारहरुलाइ अनधिकृत रुपमा उपलब्ध गराएको सशस्त्र प्रहरी स्रोतले बतायो । गणभित्र कति हतियार छन्, कति बिदामा छन् भन्ने सूचना लिक गराएका थिए । जून सुरक्षा संवेदनशीलताका दृष्टिकोणले गम्भीर मानिन्छ ।   उनलाई सशस्त्र प्रहरी ऐन¸ २०५८ को बर्खिलाफ गरेको देखिएपछि सशस्त्र प्रहरी विषेश अदालतमा यही आसार २२ गते मुद्दा दायर गरिएको थिया । सोही बमोजिम साहुलाई आज २४ गते थुनछेकको वहसको क्रममा सशस्त्र प्रहरी बिशेष अदालतको आदेशमा पछि ठहरे बमोजिम हुने गरी हाललाई पूर्पक्षका लागि थुनामा पठाइएको हो ।आरोप प्रमाणित भएमा उनलाई सर्बस्व सहित जन्मकैद हुन सक्छ । संगठनको सुचना यसरी अनधिकृत रुपमा बाहिर पठाएमा हदै सम्मको कारबाही गरिने सशस्त्र प्रहरी ऐनमानै स्पस्ट ब्यबस्था गरिएको छ । गोप्य सूचना ‘बेच्ने’ अन्य केही सशस्त्र प्रहरीहरु समेत छानबिनमा रहेको स्रोत बताउँछ । सशस्त्र नेतृत्व तहको बैठकले गरेको १० बुँदे निर्णय नै लिक गरेको घटनामा पनि छानबिन भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *