जडीबुटी खाँदा अछाममा एक जनाको ज्यान गयो


  • जडीबुटी खाँदा अछाममा एक जनाको ज्यान गयो
  • अछाम । घरबाट भारत जान भन्दै आएका एक व्यक्तिले दिएको जडिबुटी खाँदा अछाममा एक व्यक्तिको ज्यान गएको छ भने एक गम्भीर घाइते भएका छन् । चौरपाटी गाउँपालिका–४ पालयका ४२ वर्षीय गणेश खत्रीको नचिनेको जडिबुटी खाएर ज्यान गएको मृतकका दाजु दीपक खत्रीले जानकारी दिनुभयो ।   खत्रीको साथमै जडिबुटी खाएका साँफेबगर नगरपालिका–७ का वडा सदस्य रहेका २९ वर्षीय किशोर भाट घाइते भएपछि वयलपाटा अस्पतालमा उपचार भइरहेको छ । मृतक खत्रीको शवको पाष्टमार्टमका लागि सदरमुकाम मंगलसेनस्थित जिल्ला अस्पताल ल्याइएको छ । दुवै जनाले आइतबार दिउँसोतिर साँफेबगरमा नचिनेको जडिबुटी सेवन गरेको बताइएको छ ।   “निगुरोको डाँठ जस्तो तेलमा तारेको कुन जडिबुटी हो, पोलथिनमा केही भेटिएको छ ।” मृतकका दाजु दीपकको भनाइ छ । उक्त जडिबुटी खाएपछि शरिरको तापक्रम निकै बढेपछि स्थानीय प्रभाली खोलामा नुहाउन गएको र त्यहीँ ढलेपछि स्थानीयले अटो रिक्सामा राखेर वयलपाटा अस्पताल पुर्याइएको बताइएको छ । अस्पताल पुर्याएको केही छिनमै गणेशको मृत्यु भएको मृतकका दाजु दीपको भनाइ छ । जडिबुटी दिने व्यक्तिको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *