देशभर तीनवटा स्थानीय तहको शून्य बेरुजु



काठमाडौं ।
मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।
ताप्लेजुङको सिरजङ्गा गाउँपालिका पनि शून्य बेरुजु भएको स्थानीय तह बनेको छ । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले शून्य बेरुजु गर्न सफल भएकोमा खुसी व्यक्त गरे । शून्य बेरुजुको स्थानीय तह बनाउने उद्देश्य थियो, सफल भयौँ,” उनले भने । कर्मचारी र जनप्रतिनिधिको कुशल समन्वयका कारण बेरुजु शून्यमा झार्न सफल भएको उनले बताए ।
प्रतिवेदनअनुसार प्युठानका अन्य सात स्थानीय तहको बेरुजु तीन प्रतिशतभन्दा कम छ । महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशासन राम्रो भएको मानिन्छ । गाेरखापत्र दैनिकबाट