तीन वर्षपछी भाइको फिल्मबाट कमब्याक गर्दै सोनाक्षी



एजेन्सी।
बलिउड अभिनेत्री सोनाक्षी सिंहाले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका भाई कुश सिन्हा निर्देशनमा डेब्यू गर्दैछन् ।
‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो पिःल्मबाट आफ्नो निर्देशकीय डेब्यू गर्दैछन् । यो फिल्ममा परेश रावल र सोहेल नय्यरका साथ स्क्रिन शेयर गर्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
फिल्मको पोस्टरमा सोनाक्षीको अनुहारको एक भाग देखाइएको छ । फिल्ममा उनको शैली निकै फरक देखाइएको छ । सोनाक्षीको यो फिल्ममा निकी भगनानी, विकी भगनानी र अंकुर टकरानीको लगानी हुनेछ ।
सोनाक्षी पछिल्लोपटक सलमान खानको फिल्म ‘दबंग ३’मा देखिएकी थिइन् । तर फिल्म बक्सअफिसमा असफल साबित भयो । सोनाक्षीका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन ।