कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाई भदौ १ गते



काठमाडौँ ।
सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सकिएपछि आगामी भदौ १ गते निर्णय सुनाउने भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासमा आज सुनुवाइ सकिएपछि पेसी सुनाउने मिति तय गर्ने निर्णय गरेको हो ।
उक्त विवादमा गत शुक्रबारदेखि सुनुवाइ निरन्तर गर्दै आज सकिएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले दायर गरेको ९९ थान निवेदनमाथि सुनुवाइ भएको हो ।
सर्वोच्च अदालतले यसअघि गरेको फैसलामा सरकारले गरेको कर्मचारी समायोजनलाई कानूनसम्मत ठह¥याउँदै समायोजन भएका कर्मचारीलाई फेरि सङ्घीय निजामती सेवामा फर्काउनु नपर्ने फैसला गरेको थियो ।