डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं ।
डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
२ जना घाइते भएका छन् । ट्याक्टरमा सवार रुकुम पुर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेरबहादुर केसीको घटनास्थलमै मृत्यु भएको हो । घाइते २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो ।