मदन पुरस्कार–२०७८ का लागि छानिएका ८ पुस्तक



काठमाडौं ।
मदन पुरस्कारका–२०७८ का लागि उत्कृष्ट ८ वटा पुस्तक छानिएका छन् । पदन पुरस्कार गुठीले २ सय ९९ पुस्तकबाट ८ वटा छानेको हो ।
जसमा डा. नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, बसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, प्रा. नीलमणि ढुंगानाको ‘संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ छानिएको गुठीले जनाएको छ ।
यी मध्ये एक पुस्तकलाई २०७८ को मदन पुरस्कार प्रदान गरिने अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।