कांग्रेस शीर्ष नेताको बैठक बालुवाटारमा जारी



काठमाडौं।
नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।
प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेतको बैठक बसेको हो । तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि पार्टीको साझा धारणा बनाउन शीर्ष तहको छलफल हुन लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् । कार्यदलको बैठक दिउँसो तीन बजे बस्ने भएको छ ।
निर्वाचन आयोगको प्रस्तावमा सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरेको छ ।