गाजा-इजरायल युद्धमा ५१ जनाको मृत्यु



एजेन्सी ।
इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् ।
अतिवादी समूहसँग संलग्न नरहेका ११ जनाको पनि मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ । यसैबीच पछिल्लो विवरणअनुसार युद्धविराम गर्ने सहमति भएको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका छन् ।
अफ्रिकन युनियनले इजरायल र गाजामा भएका हिंसात्मक हमलाको निन्दा गरेको छ ।