प्रहरीमा राजनीतिक हस्तक्षेप, डिएसपीको पदस्थापन हुन सकेन



काठमाडौं ।
नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप र सरुवा–बढुवामा आर्थिक चलखेलले सीमा नाघेको छ । कतिसम्म भने बढुवा भएको पाँच दिनसम्म डिएसपीको पदस्थापन समेत हुन सकेको छैन ।
गत बिहीबार ३४ इन्सपेक्टरको बढुवाको निर्णय भएको थियो । शुक्रबार उनीहरुले दज्र्यान्ही चिन्ह समेत लगाइसकेका छन् । तर, जिम्मेवारी नपाउँदा दज्र्यान्ही चिन्ह लगाएर कार्यालय जान समेत पाएका छैनन् ।
विगतमा बढुवा भएकै दिन पदस्थापन हुन्थ्यो । नत्र दज्र्यान्ही चिन्ह लगाएको दिन पदस्थापन गरिन्थ्यो । तर, अहिले पाँच दिनसम्म पनि पदस्थापन नहुने अवस्था छ । स्रोतका अनुसार कांग्रेसका नेताहरुले आफु निकट डिएसपीलाई चुनावका लागि आफ्नो क्षेत्रमा लैजान खोजेका छन् । सोही दबाबका कारण पदस्थापन हुन नसकेको हो ।
डिएसपीको नियमित सरुवा पनि हुन सकेको छैन । सरुवा निकाल्न नसकेपछि पटक पटका काज निकालिएको छ । प्रधानमन्त्री तथा गृहमन्त्री निकट बिचौलियाको चलखेलले प्रहरी संगठन यस्तो अवस्थामा पुगेको हो ।दृष्टिन्युजवाट