नागरिकता विधेयक फिर्ता हुन सक्छ : उपराष्ट्रपति पुन



काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा आशंका व्यक्त गरेका छन् ।
उपराष्ट्रपति पुनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता गर्न सक्ने आशंका व्यक्त गरेका हुन् ।
नागरिकताविहीन संघर्ष समितिका इन्द्रजित साफी सहितको टोलीसँगको भेटमा उपराष्ट्रपतिले भने, ‘राष्ट्रपतिले विधेयक फिर्ता गर्ने कुरा हामीलाई पनि लागिराखेको छ तर सभामुख, प्रधानमन्त्री, गृहमन्त्रीले राष्ट्रपतिले फिर्ता पठाए पनि छिट्टै संशोधन गरेर फेरि राष्ट्रपति कहाँ पुर्याउँछौं ।’