बालाजुको जुत्ता कारखानामा आगलागी



काठमाडौं ।
काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको छ । बाइसधारास्थित जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरले बताए ।
प्रहरी र स्थानीयले आगो निभाउने प्रयास जारी राखेकाे एसपी राठौरले जानकारी दिए । काठमाडौं महानगरको एउटा दमकल त्यहाँ पुगिसकेको छ। अर्को ललितपुरको पनि दमकल त्यहाँ जाँदै छ। उनका अनुसार आगो के कसरी लागेको हो भन्ने खुलिसकेको छैन।
आगलागीको थप विवरण आउन बाँकी छ ।