खनिरहेको डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु



सुर्खेत ।
डोल्पामा सडक खनिरहेको डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–३ जिऊमा भएको घटनामा नेपालगञ्ज–१९, बाँकेका ३० वर्षीय सुरज बसाल मगरको मृत्यु भएको हो ।
आइतबार बिहान पहिरोले डोजर पुरिँदा सुरजको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।