सबै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड



काठमाण्डौ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई अब सबै प्रदेशले कार्यान्वयन गर्नेछन्।