अबको ३ दिन ठूलो पानी पर्दैन : मौसमविद्



काठमाडौं ।
काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश क्षेत्रमा बिहादैदेखि घाम लागेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, प्रदेश–१ र मधेस प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ ।
बाँकी ठाउँको मौसम खुलेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको र बाँकी प्रदेशका केही ठाउँमा सामान्य बदली हुने महाशाखाले जनाएको छ ।
राति भने पूर्वी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । आउँदो ३ दिनसम्म ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए ।
मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना नरहेको हो ।