फिफाद्वारा भारतलाई अनिश्चित प्रतिबन्ध



एजेन्सी ।
फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।
यसअघि फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)लाई पटक–पटक चेतावनी दिएको थियो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न भनेको दिएको थियो ।
तर, आफूलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो । अदालतको आदेश हटे फिफाले निलम्बन फुकुवा गर्नेछ । भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन ।
यसको प्रत्यक्ष असर यू–१७ महिला विश्वकपलाई पर्ने देखिएको छ । प्रतिबन्धसँगै अब यो विश्वकप पनि भारतबाटै अन्य देशमा सार्ने तयारी भएको छ