माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।
बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ ।
बैठकमा डा बाबुराम भट्टराईको पार्टीले चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ ।
साथै गठबन्धनमा सिटको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा पनि आजको बैठकमा छलफल हुनेछ ।