नेपालगंज ।
पछिल्लो समय नेपालीसंगै थारु रोमान्टिक गीत छायांकनका लागि सबैभन्दा आकर्षक थलो बांकेको गाभर होमस्टे बनेको छ ।
नेपालगंजबाट २२ किलोमिटर टाढा पक्की र ग्राभल सडकको यात्रा संगै सामान्य खर्च गरेर पुगिने होमस्टेमा धेरै गीत खिचिएको छ ।
गाभर होमस्टेमा गीत खिच्नेको मात्र संख्या बढेको छैन, आन्तरिक पर्यटकहरुको आकर्षक गन्तव्य पनि बनेको छ ।

आकर्षक गन्तव्य गाभर होमस्टेमा मोफसलमा बसेर अब्बल भिडियो निर्देशकको परिचय बनाउन सफल निर्देशक नवराज सुवेदिले अर्को नयां म्युजिक भिडियो ल्याउने तयारी गरेका छन ।

दर्जनौ भिडियोसंगै पछिल्लो भिडियो ‘तोहार नथिया’ को सफलतासंगै हौसिएका निर्देशक सुबेदीले शुक्रबार बांकेको गाभरमा फेरी अर्को ‘पहिली बार हुईल मुलाकात’ बोलको थारु गीतको भिडियो निर्देशन गरेका हुन।

माया प्रेमसंगै थारु संस्कृतिलाई देखाइएको गीतमा तिलक चदारा र रितु चौधरीको आकर्षक नृत्य र अभिनय हेर्न सकिन्छ ।
उमेश मुस्कानको शब्द संगित, भरत शाहीको कोरियोग्राफर, केशव बडुको एरेन्ज रहेको गीतमा प्रमोद डि.जी. र अनु चौधरिको स्वर रहेको छ ।।

दशैको अवसर पारेर सार्वजनिक गर्न लागिएको गीतको भिडियो होमस्टे र त्यसमाथिको क्षेत्रमा खिचिएको छ । गीत रिलिजसंगै दर्शकको माया पाउनेमा ढुक्क रहेको निर्देशक सुबेदिले बताए ।