ला लिगामा बार्सिलोना विजयी



एजेन्सी ।
स्पेनिस ला लिगामा गएराति बार्सिलोनाले रियल सोसिडाडमाथि ४–१ को जित निकालेको छ ।
स्टेडियो एनोएटामा सम्पन्न खेलको पहिलो मिनेटमै रोबर्ट लेवान्डीस्कीले बार्साका लागि गरे । तर, छैटौं मिनेटमा घरेलु टोलीका अलेक्जेन्डर इसकले गोल फर्काउँदा पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा रोकियो ।
दोस्रो हाफमा भने बार्सिलोनाले ३ गोल थप्न सफल भयो । ६६औं मिनेटमा ओस्माने डेम्बेलेले अंशु फाटीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
त्यस्तै ६८औं मिनेटमा फाटीकै पासमा लेवान्डोस्कीले गोल गर्दै आफ्नो ३४औं जन्मदिनमा टिमलाई दोहोरो गोलको उपहार दिए । बार्सिलोनाका लागि चौथो गोल फाटीले ७९औं मिनेटमा गरे ।
जितसँगै बार्सिलोनाले दुई खेलबाट ४ अंक जोडेको छ ।