वैशाख १ मा ‘भगवत गीता’



काठमाडौं ।
शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत गीता’को घोषणा गरिएको छ । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्मको सुहाना थापा प्रोडक्सनले आगामी वैशाख १ गतेलाई रिलिज मिति तोकेको छ ।
‘भगवत गीता’ फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । सुनीलकुमार थापाले निर्माण गर्ने फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको निर्देशक थापाले वताइन । फिल्ममा अन्तरजातीय प्रेमकथालाई देखाइने समेत निर्देशक थापाले वताइन ।