एमाले अध्यक्ष ओली बालुवाटारमा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
उनीहरुबीच नागरिकता विधेयक र प्रतिनिधिसभा बैठक प्रस्तुत भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ र आसन्न निर्वाचनका बारेमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।
पछिल्लो समय सरकारका कामप्रति एमाले असन्तुष्ट रहँदै आएको छ। ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाबलाई नसमेटेर हतार हतार पास गरेर राष्ट्रियसभामा पठाएकोमा पनि आपत्ति जनाएका छन्।
प्रधानमन्त्रीबाट बाहिरिएपछि ओली पहिलो पटक बालुवाटार पुगेका हुन्।