लुम्बिनीमा सरसफाई



कार्तिक १२, २०७४-बुद्धस्थल लुम्बिनीमा सरसफाई गरिएकोछ । लुम्बिनीस्थित सशस्त्र प्रहरी बेसको अगुवाईमा नेपाल प्रहरीसमेतको सहयोगमा ३ दिनसम्म सरसफाई गरि सुग्घर बनाइएको छ । लुम्बिनीको मुख्य प्रवेशद्वार लोटस पोखरीदेखि मायादेवी मन्दिर गेटसम्म सरसफाई गरी मनोरम र आकर्षक बनाइएकोछ । लुम्बिनीस्थित लोटस पोखरीबाट १६ ट्रयाक्टर फोहर निकालेर सुन्दर बनाइएको छ । पोखरी मनोरम बनेको छ । एक किमी ४ सय मिटर केन्द्रिय नहर आसपासका फोहर बढारेर फालिएको छ । त्यस्तै, बेबी बुद्धको मुर्तिको सरसफाई गरी सुन्दर बनाइएकोछ ।