अख्तियारद्वारा ३१ जनाविरुद्ध मुद्दा दायर



काठमाण्डौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसहित ३१ जनाविरुद्ध झण्डै ३० करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरेको हो ।
धनुषाको पिडारी चोकस्थित र रत्नसागर मन्दिरको नामको जग्गासमेत व्यक्तिको नाममा पास गरी सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने उजुरी परेपछि आवश्यक छानबिन गरेर मुद्दा चलाइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।