साफ खेल्ने नेपाली टोलीको घोषणा



काठमाडौं ।
साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय महिला टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेका हुन् । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए । दशरथ रंगशालामा नेपालले पहिलो खेल भुटानसँग पहिलो दिन खेल्नेछ ।
फिफाले शुक्रबार निलम्बन फुकुवा गरेसँगै भारतको पनि साफ च्याम्पियनसिप खेल्ने बाटो खुलेको छ । पछिल्लो पटक विराटनगरमा आयोजित च्याम्पियनसिपको फाइनलमा भारतले नेपाललाई हराएको थियो ।
नेपाली टोलीको गोलकिपरमा एन्जीला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ छन् । डिफेन्डर हिराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विके छनोट भएका छन् ।
यसैगरी मिडफिल्डमा विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्द्रा राई, अनिता बस्नेत, अनिता केसी छन् ।
नेपालको अग्रपंक्ति भने अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङले सम्हाल्ने छन् ।