त्रिशूली नदी किनारमा ट्रक खस्यो



मलेखु ।
विराटनगरबाट खानेतेल लिएर काठमाडौं आउदै गरेको ना५ख ५९५५ नंको ट्रक धादिङको गजुरी-६ जरेखेतमा दुर्घटना भएको छ ।
सडकबाट २ सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।
समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगिएको रिमालले बताए ।