समानुपातिकका लागि दल दर्ता आजसम्म



काठमाडौं ।
समानुपातिकतर्फ भाग लिने राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आइतबार सकिंदैछ ।
आयोगले शुक्रबारदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको दर्ता गर्न भनेको थियो । बाँकी रहेका दललाई समयमै आएर दार्ता गर्न आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अनुरोध गरे ।
आयोगले दिएको समयमा जनमत पार्टीले समानुपातिक तर्फ भाग लिने राजनीतिक दलको रूपमा पहिलो दर्ता गराएको थियो ।