मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु, ३ जना घाइते



काठमाडौं ।
गोकर्णेश्वर नगरपालिका-६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल आपसमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको छ ।
३ जना गम्भीर घाइते भएका छन् । काठमाडौंकै शंकरापुर नगरपालिका-५ पालुबारीका ३५ वर्षीय प्रहरी हवल्दार बालकुमार कटुवालको मृत्यु भएको हो ।
नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराति पौने १२ बजे मृत्यु भएको प्रहरीले जानएको छ । उनी प्रहरी प्रभाग साँखुमा कार्यरत थिए ।
दुर्घटनामा घाइते भएका जोरपाटी निवासी ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र २० वर्षीय रोजित गाइजुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।