एपेक्स र केएन ट्विन टावर भत्काइदै



दिल्ली ।
नयाँ दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३ ए स्थित प्रसिद्ध ट्विन टावर आज भत्काइदैछ । आइतबार दिउँसो २ः३० बजे यी दुवै टावर भग्नावशेषमा परिणत हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
टावर भत्काउन १२ सेकेन्ड मात्रै लाग्नेछ । टावर भत्काउनुअघि धेरै क्रेन सो स्थानमा पुगिसकेका छन् । त्यहाँका प्रहरी भवन भएको ठाउँ खाली गर्न जुटेका छन् । धेरै गैरसरकारी संस्था भवन नजिकै बस्ने कुकुरलाई बचाउन एकसाथ काम गरिरहेका छन् ।
एक गैरसरकारी संस्थामा आवद्ध एक कर्मचारीले करिब ३० देखि ३५ कुकुरलाई स्थानान्तरण गरिएको जानकारी दिए ।
एपेक्स र केएन नामका टावर सुपरटेक बिल्डरले बनाएका थिए । यी ३० तले भवनलाई ट्विन टावर पनि भनिन्छ । यी टावरको उचाइ ३२० फिट भन्दा बढी छ ।
भारत हालसम्म भत्काइएका मध्ये सबैभन्दा ठूलो भवन यही हुनेछन् । यी नोएडाको घना बस्तीमा अवस्थित छन् । यो भवन भत्काउन लगभग ३७ सय केजी विस्फोटक पदार्थको प्रयोग गरिने छ । भवन नजिक रहेका ५ हजार परिवारले घर खाली गरेका छन् ।
ती भवनलाई अवैध भएर भत्काउन लागिएको हो । यसलाई इम्प्लोसन टेक्नोलोजी भनिन्। अगस्ट २०२१ मा भारतको सर्वोच्च अदालतले ट्विन टावर भत्काउन आदेश दिएको थियो ।
स्ट्रक्चरल इन्जिनियरिङ इन्डिया लिमिटेडका महाप्रबन्धक सुदीप पलले अग्लो भवन भत्काउन यो प्रविधि प्रभावकारी भएको बताए ।