त्रिविमा नेविसंघ-अनेराश्ववियु झडप, तीन जना घाइते



काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा विद्यार्थीको समूहले बिथोल्ने प्रयास गरेको छ ।
नेपाल विद्यार्थी संघले सम्मेलन नगर्न दबाब दिएपछि स्थिति तनावपूर्ण बनेको थियो । त्यसै क्रममा अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्यो । त्यसपछि दुईपक्षबीच झडप भएको हो ।
झडपमा २ विद्यार्थी र १ जना प्रहरी घाइते भएका छन् । प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी रुकेश ताण्डुकारका अनुसार त्रिविको पत्रकार सम्मेलन भइरहेका बेला नेविसंघ र अनेरास्ववियुबीच विवाद भएको हो । अहिले दुवै पक्षबीच छलफल भइरहेको उनले बताए ।
आफूहरूको शान्तिपूर्ण प्रदर्शनविरुद्ध प्रशासनले एमाले कार्यकर्ता उतारेको नेविसंघ नेता सुमनप्रसाद अधिकारीले आरोप लगाए । प्रश्नपत्रमा त्रिवि पदाधिकारीले लापरबाही गरेको भन्दै नेपाल विद्यार्थी संघले २७ असारदेखि विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी गरेको थियो ।
त्यसविरुद्ध त्रिवि प्रशासनले पत्रकार सम्मेलन गरी जानकारी दिने कार्यक्रम थियो ।